तपाईंको यो साता (राशिफल १४–२० चैत)

तपाईंको यो साता (राशिफल १४–२० चैत)


मेष
जोस–जाँगर र हिम्मत बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सहजै सम्पन्न हुुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । वाक्चतु¥र्याइँले सङ्कल्पसिद्घ हुनेछ । व्यापार–व्यवसायबाट लाभ होला । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र धन खर्च पनि हुनेछ । यो साताका लागि शुभअङ्क ४, ८ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

मिथुन
मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साताको पहिलो दिनबाट मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्यजीवन सुखमय हुनेछ । रोकिएको धन हात पर्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ घिउरङ वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्म्मीजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट
वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । वाक्चतु¥र्याइँले सङ्कल्पसिद्घ हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । आँटेकोे र ताकेको कार्य पूरा होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ७, ९ र शुभरङ पहेँलो वा कलेजी हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

सिंह
समय प्रतिकूल भई कुलतमा मन जानेछ । घरपरिवारमा झै–झमेलाको अवस्था आउला । साताको अन्त्यबाट आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । पुनर्मिलनको योग रहेको छ । जोस, जाँगर र हिम्मत बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । साताको अन्त्यमा घरव्यवहारको समस्याले सताउनेछ । चुनौतीको सामना गर्नुपर्ला । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला
साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक
चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । दाम्पत्यजीवन सुखमय हुनेछ । यज्ञयाज्ञादि तथा धार्मिक कृत्यमा सहभागी बन्नुपर्नेछ । यो साताका लागि शुभअङ्क ४, ८ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ कामको थालनी हुनेछ । भौतिक साधन जुटाउने समय छ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ कालो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व माता बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मकर
पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । सामान हराउने योग छ । मुद्दामामिला लाग्न सक्छ । साताको अन्त्यबाट शुभकार्यको चर्चा चल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नसोचेको ठाउँबाट धनागम हुनेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ कालो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ
मान प्रतिष्ठामा वृद्धि होला । सामाजिक कार्यमा मन जानेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य सुखमा रमाउने समय छ । वाहन लाभ हुने समय छ । धार्मिक यात्राको योग छ । यो साताका लागि शुभअङ्क ६, ८ र शुभरङ्ग गुलाबीे हो । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्म्मीजीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मीन
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवम् लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शत्रु पराजित हुनेछन् । रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ हरियोे वा रातो हो । कुनै शुभकर्म गर्नुअघि गणेशजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
छ ।