महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा विद्युत कटौती गरिँदै

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा विद्युत कटौती गरिँदै


मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छाउनका लागि आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत कटौती गरिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले मेलम्ची आयोजनाका पाइप बिच्छाउनका लागि नयाँ बसपार्क, मित्रनगर, पवित्रनगर, दीपज्योति स्कुल आसपासका क्षेत्रमा विद्युत्त आपूर्तिलाई कटौती गर्ने भएको हो ।

प्राधिकरणका एक कर्मचारीले घटना र बिचारलाई दिएको जानकारी अनुसार महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको गोंगबु शिब मन्दिर आसपासका क्षेत्रमा पाइप बिच्छ्याउनुपर्ने भएकाले अहिले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि निश्चित क्षेत्रमा मात्रै विद्युत कटौती गर्ने भएको हो ।