कांग्रेस बैठक शुरु, बैठक दिउँसो १ बजेसम्म चल्ने

कांग्रेस बैठक शुरु, बैठक दिउँसो १ बजेसम्म चल्ने


नेपाली कांग्रेस केन्द्रीय समितिको बैंठक आज पनि बस्ने भएको छ । गत चैत ९ गतेदेखि शुरु भएको बैठक आज बिहिबार पनि बस्ने भएको हो ।

बैठकमा आफ्ना धारणा राख्ने नेताहरुको संख्या थपिएपछि बैठ्क लम्बिएको हो ।
केन्द्रीय समितिको बैठक निर्वाचन समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा केन्द्रीत थियो ।

आजको बैठक अहिले ९ बजेदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आज संघीय संसद् बैठक भएकोले बैठक दिउँसो १ बजेसम्म चल्नेछ ।

सचिव पौडेलका अनुसार हालसम्म ३३ जना केन्द्रीय सदस्यहरुले बोलिसकेको र आज पनि यही बोल्ने क्रम जारी रहने जानकारी दिए ।