एकसाथ आठ स्थानीय तह खुल्ला दिशामुक्त क्षेत्र घोषणा

एकसाथ आठ स्थानीय तह खुल्ला दिशामुक्त क्षेत्र घोषणा


– हेमशंकर सिंह/राजविराज

राजपाका महासचिव समेत रहेका प्रदेशसभा सदस्य मनिषकुमार सुमनले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न दातृ निकयहरुले गरेको सहयोगको सराहना गर्दै सप्तरीसहित २ न प्रदेशलाई मदिरा, गुटखा र भुस्याहा कुकुरबाट मुक्त बनाउन सहयोग गर्न आग्रह गरे ।

सप्तरी सदरमुकाम राजविराज नगरपालिकासहित जिल्लाका आठ स्थानीय तह बुधबार एकसाथ खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ ।

यसरी खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउपालिका, डाकनेश्वरी नगरपालिका, विष्णुपुर गाउँपालिका, खडक नगरपालिका, बोदेबरसाइन नगरपालिका र बिहुल बलान गाउँपालिका रहेका छन् ।

राजविराज नगरपालिका कार्यालय परिसरमा आयोजना गरिएको एक विशेष कार्यक्रमका बीच प्रदेश नं. २ का कृषि, भुमि ब्यवस्थापन तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराज नगरपालिकाको चार किल्ला प्रमाणीकरण गर्दै राजबिराज नगरपालिका बुधबारदेखि खुल्ला दिशामुक्त क्षेत्र भएको घोषणा गरे ।

सो अवसरमा बोल्दै मन्त्री साहले राजनैतिक पार्टीहरुबीच बैचारिक प्रतिष्पर्धा भए पनि विकासको सवालमा एकता कायम गर्न जरुरी रहेकोमा जोड दिए । प्रदेश नं. २ मा मधेसी नेतृत्वको सरकार गठन भएकोले प्रदेशको बिकासको जिम्मेवारी प्रदेश सरकारको मात्र नभई प्रत्येक प्रदेशवासीको समेत रहेको समेत उनले बताए ।

राजपाका महासचिव समेत रहेका प्रदेशसभा सदस्य मनिषकुमार सुमनले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न दातृ निकयहरुले गरेको सहयोगको सराहना गर्दै सप्तरीसहित २ न प्रदेशलाई मदिरा, गुटखा र भुस्याहा कुकुरबाट मुक्त बनाउन सहयोग गर्न आग्रह गरे । प्रदेश न २ मा वर्तमान फोरम राजपा गठबन्धनको सरकार रहिरहे प्रदेश न.२ लाइ मदिरा र भुस्याहा कुकुरबाट मुक्त गराइछाड्ने दाबी समेत उनले गरे ।

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता उमेशकुमार यादवले विकासको नाममा राजनीति नगरी विकासको नाममा सबै राजनीतिक पार्टीको स्वर एउटै हुनुपर्नेमा जोड दिए ।

राजविराज नगरपालिकाका मेयर शम्भु यादवले राजविराज नगरपालिकाका लागि फोहर ब्यबस्थापन चुनौतीपुर्ण रहेको स्वीकार गर्दै एक महिनाभित्र नगरलाई खुल्ला चौपाया, सुंगुरमुक्त बनाउने उदघोष गरे ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले सप्तरी जिल्लालाई प्रदेश न. कै पहिलो खुल्ला दिशामुक्त जिल्ला बनाउन खोजे पनि समयमै जिल्लाबासीलाई बुमmाउन नसक्दा ढिलो हुन गएकाले सिरहा पहिलो हुन गएको स्विकार गरे ।

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले खुल्ला दिशामुक्त घोषणा गर्दैमा लक्ष्यमा पुग्न नसकिने भएकाले त्यसलाइ सार्थक तुल्याउन ब्याप्त कमीकमजोरी सच्याउनुपर्ने सुमmाव दिए ।

सप्तरी सामुदायिक विकास केन्द्र, वेल, युएन हयाबिटयाटको सहयोगमा राजविराज नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको जानकारी दिँदै राजबिराज नगरपालिकाका कार्यकारी अधिकृत चन्द्र बहादुर कार्कीले राजविराज नगरपालिकाको १३ हजार १५० घरधुरी मध्ये १२ हजार ७ सय ६ घरमा चर्पी निर्माण भएको बताए ।

कुल ९६.६२ प्रतिशत खुल्ला दिशा मुक्त क्षेत्र कायम भएको र ३.८९ प्रतिशत बाँकी रहेको भन्दै उनले वडा नं. ८, ९ र १५ मा बाढीका कारण क्षति भएको शौचालयहरु मर्मत सम्भारको अवस्थामा रहेको जानकारी दिए ।

उक्त कार्यक्रमका सहभागी अतिथिहरु, संचारकर्मी, राजविराज नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्षहरु, वडा सदस्यहरु, सप्तरी सामुदायिक विकास केन्द्रका कर्मचारीहरु तथा राजविराज नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सहयोग पुऱ्याउने विभिन्न व्यक्तिहरुलाई दोसल्ला र प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।

यता तिलाठी कोइलाडी गाउँपालिकामा भने गाउँपालिका अध्यक्षमा पराजित नेपाली कांग्रेसका अरुण मण्डलले नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडा अध्यक्षसहित कार्यक्रम बहिष्कार गरेका छन् । सम्पूर्ण वडा खुल्ला दिशामुक्त हुन नपाउँदै हतार हतारमा गाउँपालिका खुल्ला दिशामुक्त घोषणा गरेकाले कार्यक्रम बहिष्कार गरेको उनले बताए ।