भन्ज्याङमा बस दुर्घटना, दुईको मृत्यु ३१ घाइते

भन्ज्याङमा बस दुर्घटना, दुईको मृत्यु ३१ घाइते


दक्षिणकाली नगरपालिकामा बस दुर्घटना भएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । आज विहान फर्पिङबाट–काठमाडौँ रत्नापार्क आउँदै गरेको बा २ ख ९९९९ नम्बरको यात्रुबाहक बस भन्ज्याङ भन्ने ठाउँमा दुर्घटना हुँदा दक्षिणकाली नगरपालिका–५ का ४२ वर्षीया मन्जु बस्नेत र सोही ठाउँका २५ वर्षीय सुनिल श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनाबाट घाइते भएका उनीहरुलाई उपचारका लागि बयोधा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बसको अगाडिको चक्का फुत्केर भएको दुर्घटनामा ३१ जना घाइते भएको जानकारी दिनुभयो ।

घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।