चुनावी समीक्षा गर्न केही दिनदेखि चलिरहेको नेपाली कांग्रेसको बैठकमा शेयर बजारको चिन्ता गरिएको छ । शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा विहिबारको कांग्रेस बैठकमा छलफल भएको हो ।
वाम गठबन्धन दलहरुले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नारा दिएर सरकार गठन गर्ने बेला शेयर बजारको अवस्था ओरालो लागेकोप्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैठकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई मुलुकमा तुलनात्मक सहज राजनीतिक वातावरण बनेका बेला शेयर बजार नियमित ओरालो लाग्नु सुखद् पक्ष नभएको भनी टिप्पणी गरे ।
यसअघि बैठकमा कांग्रेस नेता डा. रामशरण महतले पनि शेयर बजार ओरालो लागेको सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया