कर्मचारीतन्त्रका कारण प्रदेश नं. २ ले दुःख पाएको मुख्यमन्त्रीको दुखेसो

कर्मचारीतन्त्रका कारण प्रदेश नं. २ ले दुःख पाएको मुख्यमन्त्रीको दुखेसो


– प्रणय साह

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले कर्मचारीतन्त्रले अहिलेसम्म पनि संघीयता स्वीकार नगरेको कारण प्रदेश नं २ को समस्या समाधान हुन नसकेको बताएका छन् । तेरापन्त युवा परिषदले २६७०औँ माहावीर जयन्तीको अवसरमा विहिबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो आरोप लगाएका हुन् ।

राजनीतिक तहबाट अङ्गीकृत नागरिकताको समस्या समाधान भए पनि कर्मचारीको अटेरी र लपर्वाहीको कारण प्रदेश नं २ मा जन्मसिद्घको अधारमा नागरिता पाएका नागरिकले आफ्नो सन्तानलाई नागरिकता दिलाउन नसकेको आरोप उनले लगाए । संविधान र कानुनले पनि जन्मसिद्द नागरिकता लिएका नागरिकका सन्तानलाई बंशजको नागरित्ता दिन रोकटोक नभए पनि कर्मचारीहरूको एकल हैकमबाजीका कारण नागरिकताको समस्या समाधान हुन नसकेको उनको तर्क थियो ।

यसबारेमा प्रधानमन्त्री केपी ओलीसँग छलफल भइसकेको र छलफलमा प्रधानमन्त्री ओलीले तत्काल सम्बन्धित कार्यालयका कर्मचारीलाई निर्देशन दिने आश्वासन दिएको खुलासा गरे । मुख्यमन्त्री राउतले अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर २ को सुरक्षाको सवाल पनि चुनौतीपूर्ण रहेको बताए ।

प्रदेशको हिजो बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार प्रदेश सरकारले छुट्टै प्रहरी गठन गर्ने र प्रदेश प्रहरीको माध्यमबाट २ नम्बर प्रदेशको अपराध, भ्रष्टाचार, न्युनीकरण गर्ने कार्य अगाडि बढाइएको बताए । प्रदेश २ मा दुई लाख बालबालिका विद्यालयबाट बञ्चित रहेकोले उनीहरूलाई विद्यालय भर्ना अति आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रदेश नं २ का भौतिक पुर्वधार तथा विकासमन्त्री जितेन्द्र सोनलले इयूले सार्वजानिक गरेको प्रतिवेदन सही भएको बताए । इयू प्रतिवेदनप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्नु दुःखद पक्ष भएको गुनासो उनले गरे ।