मेरो धरहरा मै बनाउँछु भन्ने अभियानलाई सफल पारौँ

मेरो धरहरा मै बनाउँछु भन्ने अभियानलाई सफल पारौँ


‘हाम्रो राष्ट्रिय सम्पदा जोगाउँ, धरहरा बनाउँ’ संघर्ष समितिले ‘मेरो धरहरा मै बनाउँछु अभियानलाई सफल पारौँ’ भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

संघर्ष समितिले दशौँ हजारको हस्ताक्षरसहित प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय उपसचिव युवराज दाहाललाई सो ज्ञापनपत्र बुझाएका हुन् ।

राष्ट्रिय सम्पदा धरहरा वरीपरी कुनै पनि व्यापारीक भवन निर्णण गर्न नहुने र उक्त स्थललाई पर्यटकीयस्थल बनाउन मागसमेत संघर्ष समितिले गरेको छ । समितिका संयोजक वेदप्रकाश गौतमले धरहरा निर्माणमा आफूहरुले आवश्यक जनश्रमदान गर्न पनि तयार रहेको जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै उपसचिव दाहालले ऐतिहासिक धरोहर धरहरा बनाउने स्थानीयको सकारात्मक कार्यलाई आफूले छिटै प्रधानमन्त्रीसमक्ष पु¥याएर सम्बन्धित निकायमा धरहरा निर्माणको कार्य अगाडि बढाउने विषयमा पहल अगाडि बढाउने बताए ।

धरहरा तत्काल बन्नुपर्ने माग गर्दै समितिले चैत ३ देखि चैत ९ गतेसम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म लिखित हस्ताक्षर संकलन गरेको थियो ।