झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपा कार्यकर्ताले आगजनी गरेका छन् । आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार नेकपा कार्यकर्ताले बुद्धशान्ति–२ खतिवडा चोकमा रहेको एनसेल टावरमा आगजनी गरेका हुन् । आगजनीबाट एउटा जेनेरेटर, टावरमा रहेको तार जलेर नष्ट भएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको प्रहरीले जनाएको छ ।
उता गए राति रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, वागलुङ, नवलपरासीलगायत जिल्लामा रहेका एनसेल टावरहरुमा कार्वाही गरिउको नेकपाले जनाएको छ ।
कर नतिर्ने, सर्वसाधारणसँग विभिन्न वहानामा जनता लुट्ने एनसेल टावर गए राति कपिलवस्तुमा ध्वस्त पारिएको हो । कपिलवस्तुको विजयनगर गाउँपालिका जुटपानीमा र बाणगंगा नगरपालिका जिनउमा रहेका दुईवटा एनसेल टावरमा पुर्ण रुपमा ध्वस्त भएको बुझिएको छ । यस्तै रुपन्देहीको रुद्रपुरमा रहेको एनसेल टावर समेत आगो लगाएर ध्वस्त पारिएको उक्त पार्टीसुत्रले जनाएको छ ।
यसैक्रममा सिन्धुली र खोटाङ लामिडाँडा २, मौरीडाँडाको जंगलमा पनि एनसेलको टावर पुर्ण रुपमा ध्वस्त गरिएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका जुटपानीमा र बाणगंगा नगरपालिका जिनउमा रहेका दुई एनसेल टावर पूर्ण रुपमा ध्वस्त भएको बताइएको छ । रुपन्देहीको रुद्रपुर, स्याङ्जाको विर्घामा, पाल्पाको माथगढी, गुल्मीमा रहेको टावर, बागलुङको कोठेखोलालगायत जिल्लामा रहेको टावरमा कारबाही गरेको बताइएको छ । एनसेलका टावरमा कारबाही भएपछि त्यस क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।
नवलपरासीमा रहेको टावरमाथि पनि आगजनि गरि ध्वस्त पारिएको भने स्याङ्जाको विर्घा, पाल्पाको माथगढि र गुल्मीको एेनसेल टावरमाथि पनि कार्वाही गरिएको बताइएको छ । यसैगरी, बागलुङको कोठेखोला, सिन्धुलीको कपिलाकोटलगायत देशभरका विभिन्न एनसेल टावरमा मध्यराति कार्वाही भएका छन् ।
प्रतिक्रिया