डा. राणाको ‘दिल की आवाज’ सार्वजनिक

डा. राणाको ‘दिल की आवाज’ सार्वजनिक


चिकित्सा क्षेत्रमा लामो समय सक्रिय रहेका डा. कृष्णजङ राणाको सक्रियता अहिले कविता गीत गजलतर्फ रहेको छ । यिनै गजलकार डा. राणाको नवीनतम १९औं कृति ‘दिल की आवाज’ (हिन्दी गजल संग्रह)को शुक्रबार एक समारोहका बीच विमोचन गरिएको छ ।

उर्दु एकेडेमी नेपालको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवम साहित्यकार लोकेन्द्रबहादुर चन्दले पुस्तकको लोकार्पण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्दले डा. राणाका काब्य रचनाहरुले मनलाई छुने बताए । उनले डा. राणाका रचना पाठक र लेखकको मनलाई एकाकार गर्ने काब्यधारा भएको उल्लेख गरे ।

कार्यक्रमका अर्का अतिथि साहित्यकार तथा संस्कृकतिविद चेतन काकीले डा. राणाका गजलमा जीवनका भोगाइको सुफियाना रुपले सजिएको बताए ।

इम्तियाज वफाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गजलकार डा. राणाका साथै मोविन खान, गोपाल अश्क, शान्ति शर्मा र डा. सनतकुमार वस्तीले आफ्ना विचार राखेका थिए । संग्रहमा कुल ८० वटा हिन्दी उर्दु गजल संग्रह गरिएको छ ।