तराईमा बढ्दै गइरहेको गैरन्यायिक हत्याका केही उदाहरणहरू

तराईमा बढ्दै गइरहेको गैरन्यायिक हत्याका केही उदाहरणहरू


जमुना सिंह (बारा) जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह)
– भदौ २०६४
– हिरासतमा लिई गोली हानी हत्या गरिएको प्रत्यक्षर्शीको भनाइ
दोहोरो भिडन्तमा मारिएको प्रहरी प्रतिवेदन
– मुद्दा अनुसन्धानको क्रममा
चन्देश्वर मण्डल/राजकुमार मण्डल -सप्तरी) जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह)
– माघ २०६४
– सादा पोसाकका प्रहरीले खेतमा लगी गोली हानी हत्या गरेको प्रत्यक्षर्शीको भनाइ
– प्रतिकारस्वरूप चलाइएको गोली लागी हत्या भएको प्रहरी प्रतिवेदन
– मुद्दासम्बन्धी निर्णय लिए पनि सार्वजनिक नभएको
जितेन्द्र तिवारी (पर्सा) अखिल तराई मुक्ति मोर्चा
– जेठ २०६५
– शव परीक्षणको प्रतिवेदनले बलजफ्ती डोरीले बाँधी यातनापूर्वक मारिएको देखाएको
– प्रहरी गस्तीमाथि आक्रमणको क्रममा गोली हानाहानमा हत्या भएको प्रहरी प्रतिवेदन
– दोषीलाई कारबाही नगरिएको,
रामानारायण महतो (सिराहा) मधेस राष्ट्र जनतान्त्रिक पार्टी
– साउन २०६६
– भारतीय प्रहरीद्वारा पक्राउ गरी नेपाललाई बुझाइएको र नेपाल प्रहरीले हत्या गरेको प्रत्यक्षर्शीको भनाइ
– प्रहरी कारबाहीमा मारिएको प्रहरी प्रतिवेदन
– गृह मन्त्रालयअन्तर्गत छानबिन समिति गठन तर प्रतिवेदन सार्वजनिक गरिएन
परशुराम यादव (सिराहा) मधेसी मुक्ति टाइगर्स
– २०६५
– हिरासतमा रहेको क्रममा भाग्न खोज्दा प्रहरीको गोली लागेको प्रहरी प्रतिवेदन
– राजविरास्थित पुनरावेदनमा जाहेरी दर्ता सरकारका नाममा कारण देखाऊ आदेश
‘मिस्टर जोन’ भनिने -कौशलकुमार सहनी/महन्थ सहनी (रौतहट) तराई आर्मी
– भदौ २०६५
– पक्राउ गरी डोरीले हात बाँधी हत्या गरिएको प्रत्यक्षर्शीको भनाइ
– प्रहरी कारबाहीमा गोली हानी हत्या गरिएको प्रहरी प्रतिवेदन
– आकस्मिक मृत्युका रूपमा दर्ता तर कुनै अनुसन्धान नभएको
नागेन्द्र यादव (बारा) तराई मुक्ति मोर्चा
– भदौ २०६५
– प्रहरीले नाटकीय रूपमा हत्या गरेको प्रत्यक्षर्शीको भनाइ
– गोली हानी हत्या गरिएको प्रहरी प्रतिवेदन
– घटना दर्ता वा अनुसन्धान केही नभएको
खेहरू देवान -रौतहट) जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह)
– असोज २०६५
– भिडन्तमा मारिएको
– घटना दर्ता वा अनुसन्धान केही नभएको
ध्रुवनारायण सरदार (सप्तरी) संयुक्त जनतान्त्रिक पार्टी
– कात्तिक २०६५
– गोली हानाहान नभएको बलपूर्वक मारिएको प्रत्यक्षदर्शीको भनाइ
– प्रहरी झडपमा मारिएको प्रहरीको दाबी
– घटना दर्ता वा अनुसन्धान केही नभएको
रामनारायण यादव (सिराहा) मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी)
– मङ्सिर २०६५
– पेटमा गोली हानी हत्या गरेको प्रत्यक्षदर्शीको दाबी
– पक्राउ गर्न खोज्दा भागेकोले गोली प्रहार गरेको प्रहरीको दाबी