तपाईंको यो साता (राशिफल, २१–२७ चैत २०७४)

तपाईंको यो साता (राशिफल, २१–२७ चैत २०७४)


मेष
राजनीतिक विवाद बढ्नेछ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ । साताको अन्त्यबाट ठूला व्यक्तिले तपाईंको मिहिनेतको प्रशंसा गर्नेछन् । राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरूको विश्वास जित्न सकिनेछ । यो साताका लागि शुभअङ्क १, २ र शुभरङ सेतो वा सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व देवीजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विश्वास गरेकाले साथ दिनेछन् । रोकिएका अधुरा काम पूरा हुनेछन् । चिताएको कामले तीव्रता लिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभअङ्क ४, ५ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

मिथुन
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । काम गर्ने उत्साह र हौसलाका साथै भोजभतेरमा जाने मौका मिल्नेछ । नयाँनयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट सफलता मिल्नेछ ।

कर्कट
लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । व्यापार–व्यवसायमा सफलता पाइनेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व महादेवको आराधना गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह
घर–व्यवहारको समस्याले सताउनेछ । व्यापार–व्यवसायमा बाधा आउनेछ । प्रतिद्वन्द्वीहरूले कार्यमा अवरोध ल्याउनेछन् । साताको पहिलो दिनबाट मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । चिताएको कामले तीव्रता लिनेछ । यो साताका लागि शुभअङ्क ६, ८ र शुभरङ वैजनी वा पहेँलो हो । शुभकर्म गर्नुपूर्व भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

कन्या
भाग्यले विभिन्न अवसर जुराउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वाक्चतुऱ्याइँले सङ्कल्प सिद्घ हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहला । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ कलेजी रातो हो । कुनै शुभकर्म गर्नुअघि हनुमान्जीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । चिरप्रतिद्वन्द्वीहरूले कार्यमा अवरोध ल्याउनेछन् । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । साताको अन्त्यमा मनमा निराशा र शरीरमा आलस्य आउला । राजनीतिक कार्यमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको पूजा–अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृश्चिक
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । साताको अन्त्यबाट राजनीतिक अधिकारमा सफलता मिल्नेछ । राज्यबाट मान–सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । यो साताका लागि शुभअङ्क ९ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व देवीजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

धनु
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम्पत्यजीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटेकोे र ताकेको कार्य पूरा हुनेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि वरुण भगवान्को ध्यान गरी कार्य गर्नाले सफलता हात पर्नेछ ।

मकर
अचल सम्पत्ति हात पर्ने योग छ । लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक धारणालाई समर्थन गर्नेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ नीलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

कुम्भ
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाइनेछ । सामाजिक कार्यमा मन जाला । वैदेशिक कार्य अघि बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आकस्मिक धनलाभ हुनेछ । यो साताका लागि शुभअङ्क १ र शुभरङ गाढा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

मीन
मनमा निराशा र शरीरमा आलस्य आउला । सौन्दर्यमा धन खर्च हुनेछ । साताको अन्त्यबाट नसोचेको ठाउँबाट धनागमन हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ पहेँलो वा घिउरङ हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महासरस्वतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।