एपोलो पेन्ट्सको पेन्टर उपहार योजना दाङबाट वितरण शुरु

एपोलो पेन्ट्सको पेन्टर उपहार योजना दाङबाट वितरण शुरु


स्वदेशी लगानीमा संचालित नेपालको ठूलो र पूरानो रङ कम्पनी एपोलो पेन्ट्सले पेन्टर उपहार योजनाको वितरण शुरु गरेको छ ।

कम्पनीको उपहार योजना लक्ष्य–१ अनुरुप बुधबार दाङको तुलसीपुरबाट वितरण थालेको हो ।

लसीपुरस्थित होटल वेस्टर्न प्यालेसमा एपोलो पेन्ट्सका प्रतिनिधी र स्थानिय डिलरहरुको रोहवरमा उपहार विजेता पेन्टरहरुलाई उपहार प्रदान गरिएको संस्थाका सुजन लोहनीले जानकारी दिए । उनका अनुसार विजेताहरुलाई उपहारस्वरुप ३२ इन्चको एलइडी टिभी २ थान, साइकल ४ थान, भ्याकुम ३ र राइसकुकर ८ थान वितरण गरिएको थियो ।

कम्पनीले सुर्खेत, बर्दिया र धनगढीका विजेताहरुलाई क्रमशः उपहार वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।