बैंक ठग्ने तीनजना कारागार चलान

बैंक ठग्ने तीनजना कारागार चलान


झापा । नक्कली सुन धितो राखेर बैंकलाई ठगी गरेको आरोपमा पक्राउ गरेका तीनजना पुर्पक्षका लागि झापा कारागार चलान भएका छन् । जिल्ला अदालत झापाको चैत २१ गतेको आदेश अनुसार उनीहरुलाई कारागार पुऱ्याइएको हो ।

बैंक ठगी अभियोगमा कारागार चलान हुनेमा झापा विर्तामोडमा डेरा गरी बस्ने मिनादेवी खड्का, मेचीनगर–७ ईटाभाका शम्भु त्रिखत्री र राष्ट्रिय वाणिज्य बैंक शाखा विर्तामोडमा कार्यरत नगद सहायक (खजान्ची) तथा सुन जाँचकी रामकुमार तामाङ रहेका छन् ।

राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बिर्तामोड झापामा नक्कली सुन धितो राखेर कर्जा लिंदा बैंकलाई २३ लाख ठगी गरेको र नेपाल बैक लिमिटेड शाखा कार्यालय धुलाबारी झापामा नक्कली सुनका बिभिन्न गर गहना धितो राखी कर्जा रकम चार लाख २८ हजार लिई ठगी गर्ने कार्यमा सम्लग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कारागार चलान भएका मध्ये तामाङलाई ३ लाख ९८ हजार धरौटी माग बुझाउन नसकेपछि कारागाल चलान भएका छन् । खड्का र त्रिखत्रीलाई भने अनुसन्धान बाँकी नै जनाइएको छ ।

त्यस्तै विर्तामोड–५ का राजकुमार श्रेष्ठ ३ लाख ९८ हजार तथा मेचीनगरपालिका गणेश प्रधान र प्रवेश अधिकारी ७०/७० धरौटी रकम बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।