कञ्चनरुपमा स्थानीय शासनसम्बन्धी अभिमुखीकरण

कञ्चनरुपमा स्थानीय शासनसम्बन्धी अभिमुखीकरण


राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकाको आयोजना तथा युनिसेफको सहयोगमा विहीबारदेखि कञ्चनरुपमा स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित शाखाका प्रतिनिधिहरुका लागी स्थानीय शासनसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम शुरू भएको छ ।

बालमैत्री नगर बनाउन धेरै सूचकहरु पुरा भइसकेको र केही सुचकहरु पूरा गर्न बाँकी रहेको हुँदा त्यसलाई ६ महिनाभित्र पुरा गरी ७ महिनामा यस नगरलाई बालमैत्री बनाउन सबैले आ आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा वक्ताहरूले जोड दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, सल्लाहकार खिलानाथ पोखरेल, शिक्षा शाखाका दामोदर ठाकुर, स्वास्थ्य शाखाका संयोजक डम्बरप्रसाद गुप्ता, ९ नम्बर वडाका अध्यक्ष लक्ष्मण यादव, प्रेस सल्लाहकार उत्तम आचार्य, बालमैत्री स्थानीय शासनका फोकल पर्सन राजेशकुमार यादव लगायतका वक्ताहरूले नगरपालकिालाई बालमैत्री बनाउनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका वरिष्ठ अधिकृत नवराज खड्काले बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार, सहभागिताको अधिकार, अर्थपूर्ण सहभागिताका बारेमा सहजीकरण गरेका थिए ।

कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रको अध्यक्षतामा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।