पर्यटकको बोर्ड राखेर सार्वजनिक बसले अवैध सामान ल्याएपछि…

पर्यटकको बोर्ड राखेर सार्वजनिक बसले अवैध सामान ल्याएपछि…


पर्यटक बसहरुको छाता संगठन टुरिष्ट बस एशोसियशन अफ नेपालले टुरिष्ट बसको नाममा भइरहेको अपराध रोक्न सरकारको ध्यानाकर्षण गरेको छ ।

टिवानका महासचिव कृष्ण आचार्यले एक विज्ञप्ती जारी गरी विभिन्न सञ्चार माध्याममा बिहिबार पर्यटक मात्र भन्ने लोगो राखेर कालो नम्बरप्लेटको ना ६ ख ६३०२ नम्बरको बसले अवैध सामान ल्याएको घटनाप्रति ध्यानाकर्षण गरेको हो ।

टिवानले सार्वजनिक सवारी साधनले पर्यटक बोर्ड राखी पर्यटक सवारी साधनको नाममा अवैध सामान बोक्ने गरिएको भन्दै उक्त सवारी साधनलाई तत्काल कारबाही गर्न सरकारलाई माग गरेको छ ।