हेल्प नेपाल चिल्ड्रेन्स होमलाई जीवनको सहयोग

हेल्प नेपाल चिल्ड्रेन्स होमलाई जीवनको सहयोग


विगत लामो समयदेखि सामाजिक सेवामा क्रियाशील रहँदै आएको संस्था हेल्प नेपाल नेटवर्कद्वारा संञ्चालित धुलिखेलस्थित हेल्प नेपाल चिल्ड्रेन्स होममा आश्रित २० जना बालिकाहरुलाई इजरायलमा कार्यरत नेपाली जीवन बुढाथोकीले पचास हजार नेपाली रुपैया बराबरको सामग्री तथा नगद सहयोग गरेका छन् ।

धुलिखेलस्थित चिल्ड्रन्स होममा मंगलबार आयोजित एक अनौपचारिक कार्यक्रममा समाजसेवीहरु एवम् पीपीयुके काभ्रेका प्रमुख बिकु लामा तथा नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव विमलकुमार होडाले संयुक्तरुपमा चिल्ड्रेन्स होममा आश्रित बालिकाहरुलाई स्कुल ड्रेस, जुत्ता र ब्याग वितरण गरे । सोही अवसरमा बाँकी रहेको रकम बराबरको चेक चिल्ड्रेन्स होमकी व्यवस्थापक पूण्यवती घलेलाई हस्तान्तरण गरियो ।

सो होममा चितवनकी सात जना चेपाङ बालिका, सप्तरीका चार बालिकासमेत गरी २० बालिकाहरु रहेको व्यवस्थापक घलेले बताइन् ।

समाजसेवी विकु लामाले यस चिल्ड्रेन्स होमका लागि इजरायल निवासी समाजसेवी नवराज आचार्य मार्फत बुढाथोकीबाट उक्त सहयोग रकम उपलब्ध भएको बताए ।

कार्यक्रममा हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेत, रवि मानन्धर, राजेन्द्र श्रेष्ठ, भवानी राई गुरुङ, भुवन सिंह कुँवर र हेल्प नेपाल काभ्रेका संयोजक पूर्णबहादुर कार्कीको उपस्थिति रहेको थियो ।