आगलागीमा सात लाख क्षति

आगलागीमा सात लाख क्षति


मोरङको सुनवर्षी नगरपालिकामा शुक्रबार बेलुकी आगलागी हुँदा सात लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

स्थानीय डाइनिया बस्ने छेदी साहुको दुईतले कच्चीघरमा विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । सो आगलागी स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।