काम नगर्नेलाई दण्डित गर्छु : मन्त्री पण्डित

काम नगर्नेलाई दण्डित गर्छु : मन्त्री पण्डित


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने राष्ट्रसेवक (कर्मचारी)लाई दण्डित गर्ने बताएका छन् । उनले काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने नीति लिएको बताउँदै पहिला कर्म त्यसपछि फलको आश गर्न सल्लाह दिएका छन् ।

उनले संघीय संरचनाका कामलाई चुस्त बनाउन कुनै स्थानीय तहमा कर्मचारीको अभाव हुन नदिने बताए ।

पाल्पा जिल्लालाई ४८औँ खुल्ला दिसामुक्त जिल्ला घोषण गर्दै मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीको साथ लिएर देशलाई समृद्धिको बाटोमा लैजान जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले पाल्पा खुल्ला दिसामुक्त घोषणा भएकाले सरसफाइ कार्यक्रमलाई निरन्तरता दिनुुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका प्रमुख केशवलाल शाक्य, क्षेत्रीय स्वच्छता समन्वय समिति पोखराका संयोजक रमाकान्त दवाडी र गैसस पाल्पाका अध्यक्ष भेषराज तिमिल्सेनालगायतले सरसफाइ कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।