तपाईंको यो साता (साप्ताहिक राशिफल, २०७४ चैत २८–०४ वैशाख २०७५)

तपाईंको यो साता (साप्ताहिक राशिफल, २०७४ चैत २८–०४ वैशाख २०७५)


मेष
चिताएको कामले तीव्रता लिनेछ । साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवतीको दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष
वाक्चतुऱ्याइँले सङ्कल्प सिद्ध हुनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । साताको अन्त्यबाट मानसिक चिन्ता बढ्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । व्यवसायमा नोक्सानी व्यहोर्नुपर्नेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ सेतो वा पहेँलो हो । शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साताको अन्त्यबाट काम गर्ने उत्साह र हौसला मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ हरियो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नले अधिक सफलता मिल्नेछ ।

कर्कट
राजनीतिक कार्यमा सहकार्य गर्ने अवसर मिल्नेछ । आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु महामृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह
बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । सजिलै अरूको विश्वास जित्न सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ नीलो वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्म्मीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या
स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्नेछ । पारिवारिक समस्या रहला । साताको पहिलो दिनबाट आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ गाढा पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व देवीजीको दर्शन गरी यात्रा गर्दा अधिक लाभ मिल्नेछ ।

तुला
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । साताको अन्त्यमा भने महत्वपूर्ण कार्यमा व्यवधान आउनुका साथै आर्थिक कारोबारमा विवाद आउनेछ । राजनीतिक विवाद पनि बढ्नेछ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ रातो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको अन्त्यमा आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । पेसागत समस्या आउला । यो साताका लागि शुभअङ्क ६, ८ र शुभरङ गुलाबीे हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

धनु
आँटेकोे र ताकेको कार्य पूरा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मकर
छोटो दूरीको लाभदायक यात्रा रहला । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुन सक्छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । समाचार सुन्न पाइनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आफन्तको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ खैरो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

कुम्भ
राजनीतिक कार्यमा बाधा आउनेछ । विचार पु¥याएर निर्णय लिनु राम्रो होला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको अन्त्यमा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । मनोरञ्जनमा सहभागी भइएला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ५ र शुभरङ कालो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको आराधना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मीन
रमणीय र सुखद यात्राको योग छ । जोस, जाँगर र हिम्मत बढ्नेछ । मनपर्ने व्यक्तिको साथ पाइएला । नयाँ कार्यको योजना बन्नेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्कोे स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।