एउटा भनाइ नै छ– ‘जो नाच्छ ऊ धेरै बाँच्छ…।’ अर्थात् नृत्य आफैँमा नराम्रो होइन । यसले अरूलाई मनोरञ्जन मात्र गराउँदैन कि आफ्नो शरीर पनि राम्रो बनाउँछ र यसलाई सकारात्मक रूपमा लिने, सोच्ने र त्यसैअनुरूप व्यवहार गर्नेका लागि नृत्य विधा राम्रो र उच्चकोटिको विधा हो । तर, नृत्यको बहानामा गलत काम गर्नेहरू भने आफैँ भाग्ने गरेका छन् । त्यो त आफूमा भर पर्ने कुरा हो ।
आफूले चिनेको मान्छेहरू आफू नाच्ने ठाउँमा आउँदा नर्तकीले त झनै उत्साहित भएर आफ्नो नृत्य प्रतिभा प्रस्तुत गर्नुपर्ने हो । अझ त्यसमाथि सिनेमा खेल्न आतुर हुनेले त झनै निर्माता–निर्देशकहरू आए भने यसैलाई अवसर मानेर आफ्नो प्रतिभा देखाउनुपर्ने हो, यदि उसले ठूला गफ गरेर आफ्नोबारे गलत सन्देश नबाँडेको भए । तर, एउटा चलचित्र खेलेर आफूलाई धनाढ्य युवती भनेर आफ्नो परिचय गराउँदै मेरो यतिवटा रेस्टुरेन्ट छ उतिवटा रेस्टुरेन्ट छ भन्दै आफूप्रति आकर्षित गराउन खोज्ने एउटी युवती केही समयअगाडि नृत्य गर्दा उनी जति नाङ्गिन्छिन् त्योभन्दा बढी नाङ्गिन पुगेकी छिन् । तिनी हुन् सुनिता गन्धर्व र कुरा हो दुबईको ।
कन्यादान नामक सिनेमाका निर्देशक शोभित बस्नेतले यिनलाई अभिनय गराएका हुन् । केही म्युजिक भिडियो र विज्ञापनहरू पनि खेलेकी यिनको बारेमा निर्देशक बस्नेत पनि खुवै चर्चा गर्दथे । ‘दुबईमा तीन–चारवटा रेस्टुरेन्ट भएकी राम्रो परिवारकी केटी रहिछे । यस्ती केटी सिनेमा लाइनमा आउनुपर्छ’ भनेर सुनिताको प्रशंसा गर्ने शोभित पनि त्यतिबेला तीनछक परे जब कि केही समयअगाडि मात्र दुबई गएर नेपाल फर्किएका अन्य चलचित्रकर्मीहरूले सुनितालाई डान्स रेस्टुरेन्टमा नाचेको प्रत्यक्ष देखेको कुराले बजारमा रामै्र स्थान जमायो । ‘उता नाचेको पैसाले यता नेपालमा निकै चुरीफुरी देखाउने सुनिता एक महिना नेपालमा हुन्छिन् भने तीन महिना दुबईमा हुनुको अर्थ यो पो रहेछ,’ ती चलचित्रकर्मीले भने । उनीहरूले भनाइ थियो, ‘आफू जे हो त्यो भन्न किन ढाँट्ने ? आखिर नाच्नु नराम्रो त होइन ।’
दुबईमा आयोजना भएको एक कार्यक्रममा सहभागी बन्न उता गएका ती चलचित्रकर्मीलाई स्थानीय नेपालीले डान्स रेस्टुरेन्टतिर जाने आग्रह गर्दा उनी पनि त्यता पुगे । भित्र छिर्नासाथ हिन्दी गीतमा निकै कामुक पहिरनमा नाचेकी ती युवतीलाई पहिले कतै देखेको आभाष उनलाई भयो । पछि यो थाहा भयो, ती युवती त सुनिता रहिछिन् र तिनै निर्मातासँग फिल्मको रिहोइन बनाइदिन धेरैपटक आग्रह गर्न पनि आएकी रहिछन् । आफूसमक्ष खेलाइदिन आग्रह गर्न आउँदा करोडौँको गफ गर्ने सुनितालाई त्यो अवस्थामा देख्दा उनी आफैं तीनछक परे । आफूले चिनेकी युवतीसँग कुरा गर्न उनलाई पनि मन लाग्यो, तर पाँच घण्टासम्म कुर्दा पनि सुनिता नआएपछि निराश भएर ती निर्माता काठमाडौं फर्किए । ‘मैले त सकारात्मक कुरा गर्न खोजेको थिएँ । तर, उनी आफैँ गलत रहिछिन् र मलाई देख्नासाथ भागिन्,’ उनले भने ।
आफ्नो वास्तविकता छर्लङ्ग भएपछि निकै अप्ठ्यारोमा परेकी सुनिताले अब काठमाडौं आएपछि कस्तो गफ देलिन् ? त्यो हेर्न बाँकी छ ।
केमा कुरा मिल्यो यिनको ?
जिया केसीबारे नखेलुँ भने पनि उनको बारेमा लेख्नैपर्ने बाध्यता यसपटक पनि परेको छ । उनी व्यवहार, काम अनि उपस्थिति नै त्यस्तो गर्छिन् कि लेख्नैपर्ने हुन्छ । आफूलाई फाइदा हुन्छ भने जिया जे गर्न पनि तयार हुन्छिन् । त्यसो त उनलाई पहिले गाली गरेर तस्बिर पनि पोस्टरमा राख्न घृणा गर्ने एक निर्देशकको यतिबेला बलियो साथ मिलेको छ जियालाई । उनलाई साथ दिने निर्देशक हुन्– दीपक श्रेष्ठ ।
चलचित्र ‘एटीएम’को नकारात्मक चर्चापछि निर्देशक दीपक श्रेष्ठले पनि जियालाई रामै्रसँग हप्काए । यस्तो, उस्तो भनेर गाली पनि गरे, अनि ‘हो यही हो माया’ नामक चलचित्रमा जियाको कुनै पनि तस्बिर राखेनन् । यसले गर्दा दीपक श्रेष्ठ र जियाबीच फाटो पनि आयो । आफूले राम्रो सोचेकी नायिका खराब चलचित्रमा देखिएपछि क्षुब्ध भएका श्रेष्ठ जियालाई पत्तासाफ गर्नुपर्छ भन्नेतिर लागे ।
तर, यतिबेला समयले कोल्टे फेरेको छ । जियाको नाम र उपस्थिति कुनै पनि हालतमा देख्न नसक्ने दीपक अहिले यिनै जियालाई लिएर पोखरामा एउटा चलचित्रको छायाङ्कनमा व्यस्त छन् । जियाविरुद्ध खुलेर लागेका दीपक र जियाबीचको सम्बन्ध फेरि कसरी प्रगाढ हुन पुग्यो ? सबै तीनछक परेका छन् । चलचित्र एटीएमबाट बद्नाम हुन पुगेकी जियालाई सिनेमाको हिरोइन लिएर ठूलै ‘रिक्स’ निर्देशक दीपक श्रेष्ठले लिनु भनेको ‘दालमे कुछ काला हे’ भन्दा फरक नपर्ला ।
एयरलाइन्सकी सङ्गीता चलचित्रमा
लामो समयदेखि एअरलाइन्स क्षेत्रमा क्रियाशील सङ्गीता रौनियारलाई अब सिनेमाको पर्दामा पनि देख्न पाइने
भएको छ ।
इत्तेहाद र बहराइन एयरवेज हुँदै यतिबेला सङ्गीता एयर अरबिया डटकममा आइपुगेकी छिन् । यो एयरलाइन्समा उनी बितेको तीन वर्षदेखि कार्यरत छिन् । एयर अरबियाको नेसनल सेल्स मेनेजरको रूपमा कार्यरत सङ्गीता नेपाली चलचित्रको राम्रो दर्शक र प्रशंसक पनि हुन् । ‘हो म नेपाली चलचित्रको रेगुलर दर्शक हुँ । नेपाली चलचित्र मनपर्छ मलाई,’ उनले भनिन् । चलचित्र मन पराउने सङ्गीता अभिनय गर्नतिर पनि चाख राख्ने गर्छिन् । तर, समयको अभावका कारण उनको यो इच्छाले निरन्तरता भने पाइरहेको छैन । तै पनि सङ्गीताले समय मिलाएर एउटा चलचित्रमा काम गरेकी छिन् अहिले ।
सुजितकुमारको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘रिया’मा सङ्गीताले एउटा ‘बोल्ड’ भूमिका निभाएकी छिन् । ‘रोल सानो भए तापनि बलियो भएका कारण त्यो चलचित्रमा काम गरेकी हुँ,’ उनले स्पष्ट पारिन् ।
फागुन १८ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको यो चलचित्रको केही समयअगाडि विशेष प्रदर्शनी पनि गरिएको थियो । त्यस अवसरमा चलचित्र हेर्ने दर्शकहरूबाट आफ्नो भूमिकाप्रति सकारात्मक ‘रेस्पोन्स’ पाएकोमा सङ्गीता दङ्ग छिन् । ‘यस्तो राम्रो प्रतिक्रिया आउला भन्ने लागेको थिएन, तर प्रतिक्रिया राम्रै पाइयो । मलाई खुसी लागेको छ,’ उनी प्रसन्न छिन् ।
प्रतिक्रिया