पिरलो- प्रकाश प्रधान

पिरलो- प्रकाश प्रधान


झन्डा हाम्रो प्यारो राम्रो
‘रातो र चन्द्र र्सूयजङ्गी निशान हाम्रो
ज्युँदो रगतसरि यो बल्दो त्यो शान हाम्रो’

आज किन हो ती चन्द्र-सूर्यमा
राहु-केतुको ग्रहण लागेजस्तो
यी दुई ग्रह विग्रहको कारण
रातो रगत त फिक्का गुलाफी
एनिमिया लागेजस्तो
फरफर गर्ने उन्मुक्त चञ्चल चाल
कता हरायो मन्द-मन्द हावाको अभावमा

कि झोक्रिएर लत्रिएको छ
कि हुरी-बतासले ढल्ला-ढल्लाजस्तो

यो परिवेश यो जिउ सिरिङ्ग गर्ने
तनावग्रस्त भावना
म त अचेल शान्तिले
निदाउनै सक्दिनँ साथी
किन यस्तो पिरलो ममा
यो ममा मात्र हो कि सबैमा
एकपटक सबैसँग
सोध्न मन लाग्छ

अन्रि्राको रोग सबैको
अथवा धेरैको हो भने
ग्रह दोष निवारणतर्फ
किन बेलैमा कदम नचाल्ने,
सक्नेले ?

गजल? सुविसुधा आचार्य
बाँचुञ्जेल नाम लिन, गाह्रो मान्छ मान्छे
मरेपछि लास हेर्न, कात्रो तान्छ मान्छे ।
भेट होला भन्दै बाटो, मोडी हिँड्ने पनि
लोकाचार दर्शाउन, घाट जान्छ मान्छे ।
कैयौँ साँझ भोकै बस्दा, वास्ता नगर्नेले
किरियापुत्री मोटाउन, घोत लान्छ मान्छे ।
फूल अबिर वर्षाउँदै, रुन्चे मुख पारी
जिम्मेवारी आफ्नो पूरा, गर्‍या ठान्छ मान्छे ।
पितृनाममा दान गरी, ठालू पल्टे पनि
जीवित हुँदा खानदिन, मुठी बान्छ मान्छे ।