पोर्न स्टारले मुख खोलिन्- ‘यौन सम्बन्ध गोप्य राख्न ट्रम्पबाट रकम पाएकै हुँ’

पोर्न स्टारले मुख खोलिन्- ‘यौन सम्बन्ध गोप्य राख्न ट्रम्पबाट रकम पाएकै हुँ’


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कानुनी टिमका एक वकिलले ट्रम्पकै विरुद्ध बयान दिएका छन् । पोर्न स्टार स्टोर्मी डेनियल्सलाई कथित तवरले गरिएको १ लाख ३० हजार डलर भुक्तानीको बारेमा अधिवक्ता रुडी ग्युलियानीले सो रकम ट्रम्पले नै दिएको दाबी गरेका हुन् ।

न्युयोर्कका पूर्वमेयर समेत रहेका ग्युलियानीका अनुसार अधिवक्ता माइकल कोहेनमार्फत् पोर्न स्टारलाई उपलब्ध गराइएको रकम ट्रम्पले प्रदान गरेका थिए । तर राष्ट्रपति ट्रम्पले चाहिँ यसरी रकम दिएको कुरा अस्वीकार गर्दै आएका छन् । यसबारेको विवाद उत्कर्षमा पुग्दैगर्दा पोर्न स्टारसँग कुनै ‘सम्झौता’ भएको कुराचाहिँ उनले स्वीकार गरेका छन् ।

पोर्न स्टार डेनियल्सले ट्रम्पसँगको अफेयरबारे मुख बन्द गर्नका लागि आफूले रकम पाएको अभिव्यक्ति दिएकी छिन् । ट्रम्पको कानुनी टिमसँग जोडिएका ग्युलियानीले फक्स न्युजलाई अन्तरवार्ता दिँदै पोर्न स्टारलाई प्रदान गर्न ट्रम्पले केही महिना लगाएर रकम दिएको दाबी गरेका हुन् ।

ट्रम्पले प्रदान गरेको रकम अवैधचाहिँ नभएको उल्लेख गर्दै ग्युलियानीले चुनावी फण्डको रकम पोर्न स्टारलाई दिएको आरोपमा सत्यता नभएको बताए ।

प्छिल्लो समय पोर्न स्टार स्टोर्मी डेनियल्सले सन् २००६ मा आफूले ट्रम्पसँग सेक्स गरेको र यो कुरा खुलासा नगर्न पैसा लिएको सार्वजनिक अभिव्यक्ति दिँदै आएकी छिन् ।