मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट सोमबार बिहान एक महिलाको मृत्यु भएको छ । बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से.६प २३११ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक…