आज राजीनामा दिने भनिएका श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे देशबाट भागे

जुलाई १३ का दिन राजीनामा दिने उद्घोष गरेका श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले देश छाडेर भागेका छन् । श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति राजापाक्षेले बुधबार बिहान सेनाको एउटा विमानमा सवार भइ देश छाडेर भागेका हुन् । ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ ।…