सुडानमा सैनिक जनरलहरूले गत अक्टोबरमा राज्य विद्रोह गरी चलाएको सत्ताको विरोधमा दैनिक हजारौँको सहभागिता हुन थालेको छ । सरकारविरोधी आन्दोलन थप चर्किंदै जाँदा भएका प्रदर्शनका क्रममा शुक्रबार नौ जनाको मृत्यु भएको भन्दै शनिबार निकालिएको जुलुसमा हजारौँ सहभागी बनेका छन् । राजधानीकेन्द्रित प्रदर्शनका क्रममा हजारौं सर्वसाधारणले सरकारी अधिकारीहरूको दमनको विरोध गरेका हुन् । संयुक्त राज्य अमेरिका…