मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु


भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नं को मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी ३५ वर्षीय भरत रामदाम र उनका छोरा मोटरसाइकल पछाडि बसेका ११ वर्षीय समीर रामदामको मृत्यु भएको राससले जनाएको छ ।

दुर्घटनामा घाइते भई उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याएकोमा चालक भरतको बिहान ३ बजे सोही मेडिकल कलेजमा र छोरा समीरको बिहान ४ बजे पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भरतले अत्यधिक मादकपदार्थ सेवन गरी तीव्र गतिमा हाँकेका कारण दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।