सडक निर्माणको विवादले एकको ज्यान गयो

सडक निर्माणको विवादले एकको ज्यान गयो


महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा औरही नगरपालिका–६ बस्ने अन्दाजी ५८ वर्षीय लाल भन्ने लालबाबु दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति ७ बजेतिर सो गाउँमा सडक बनिरहेको विषयमा विवाद परी दुई समूहबीच कुटाकुट हुँदा स्थानीयवासी लाललाबु दासको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीयवासी ६५ वर्षीय शिवशरण दास र ३२ वर्षीय इन्द्रजित दासलाई गए राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ भने उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।