हावाहुरीले लियो चितवनमा दुईको ज्यान

हावाहुरीले लियो चितवनमा दुईको ज्यान


हावाहुरीका कारण चितवनमा दुई व्यक्तिको मृत्यु भएको । आइतबार आएको हुरीले रुख ढल्दा दुईजना घाइते भएका छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ की ४० वर्षीया सितौली श्रेष्ठ र ईच्छाकामना गाउँपालिका–७ का ४१ वर्षीय कणबहादुर गुरुङ रहेका छन् ।

श्रेष्ठको घर नजिकैको सतन्चुली सामुदायीक वन र गुरुङको घरनजिकैको वनमा हावाहुरीका कारण ढलेको रुखले थिचिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुखको हाँगाले लागेर घाइते भएका शिव गुरुङ र शिव थापामगरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।