दक्षिण एसियाली योग खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलाई संरक्षकमा चयन गर्दै सम्मान गरेको छ ।
पोखरामा आइतबार सम्पन्न दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनसिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्रा्ष्ट्रिय योग महोत्सवको समापनका अवसरमा दक्षिण एसियाली योग खेलकुद संघका कार्यावाहक अध्यक्ष एवं अन्तर्रा्ष्ट्रिय योग खेलकुद संघका उपाध्यक्ष उमङ्ग दावनले सदस्य–सचिव विष्टलाई प्रमाण पत्र र मायाको चिनो प्रदान गरी पहिलो संरक्षकमा रुपमा सम्मान गरे ।
दक्षिण एसियामा यस्तो सम्मान पाउने सदस्य–सचिव विष्ट पहिलो भएको नेपाल योग खेलकुद संघका महासचिव चूडामणि खरेलले जनाएका छन् ।
प्रतिक्रिया