कर्माले सम्हाले कार्यभार, महासचिव र कोषाध्यक्ष मनोनित

कर्माले सम्हाले कार्यभार, महासचिव र कोषाध्यक्ष मनोनित


अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनियुक्त अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यभार सम्हालेका छन् । सातदोबाटोस्थित एन्फाको कार्यालयमा शेर्पाले कार्यभार सम्हालेका हुन् । सो अवसरमा अध्यक्ष शेर्पालाई एन्फाका कर्मचारी र खेलाडीहरुले स्वागत गरेका थिए ।

त्यस्तै आज (वैशाख २५ गते) बसेको एन्फाको कार्यसमितिको बैठकले एन्फाको महासचिवमा इन्द्रमान तुलाधर मनोनयन गरेको छ । तुलाधर एन्फाका पूर्व सिइओ हुन् । तुलाधर हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाको उम्मेदवार समेत बनेका थिए । त्यस्तै एन्फाको कोषाध्यक्षमा रविन्द्र जोशी मनोनित भएका छन् ।

एन्फाको विधानअनुसार यी दुई पद (महासचिव र कोपाध्यक्ष) को निर्वाचन हुँदैन । एन्फाको निर्वाचन कार्यसमितिले मनोनयन गर्छ ।