अर्थमन्त्री डा खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको पहिलो वर्ष भएकाले केही समय केही दुविधा देखिने बताए । अर्थमन्त्री खतिवडाको अध्यक्षतामा अन्तर सरकारी वित्त परिषद्को पहिलो बैठकमा उनले उनले त्यसलाई आगामी दिनमा सुल्झाउँदै लैजानुपर्नेमा जोड दिएका हुन् ।
मन्त्रालयमा सोमबार बसेको बैठकमा प्रदेश नं. ५ का मुख्यमन्त्री तथा अर्थमन्त्री शंकर पोखरेलसहित सबै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयका सचिव तथा परिषद्का सदस्यको सहभागिता थियो ।
बैठकमा वित्तीय संघीयता कार्यान्वयन, संगठन संरचना, पूर्वाधार विकास, कानूनी संरचना, कर्मचारी व्यवस्थापन तथा साधन र स्रोतको विनियोजनका विषयमा छलफल भएको थियो ।
बैठकमा प्रदेश नं. ५ का मुख्यमन्त्री पोखरेलले कर कसले भन्ने विषयमा छुट्टै निकाय बनाएर अगाडि बढ्नुपर्नेमा सुझाव दिए । उनले हरेक कर तीनै तहमा बाँडिन्छ भन्ने सिद्धान्तका आधारमा हुनुपर्छ भन्दै त्यसका लागि अर्थ मन्त्रालयले पैरवी लिनुपर्नेमा जोड दिए ।
बजेट बनाउने ठाउँमा निकायले संवैधानिक दायित्व लिनुपर्ने भन्दै मुख्यमन्त्री पोखरलेले दायित्वअनुसारको खर्च विनियोजनमा ध्यान दिनुपर्ने बताए ।
बैठकमा सहभागी अन्य मन्त्री एवं सदस्यले संघीयतालाई कार्यान्वयन गर्ने विषयमा आएका समस्या राखेका थिए । उनिहरुले स्रोत साधनको बाँडफाँड र अधिकारलाई केन्द्रले प्रत्यायोजन गर्न आनाकानी गरेको गुनासो गरे ।
प्रतिक्रिया