पूर्व तेक्वान्दो प्रशिक्षक तथा खेलाडीलाई राष्ट्रिय तेक्वान्दो संघ–नेपालले स्वागत गरेको छ । वैशाख २६ गते संघको कार्यालय सानो भ¥याङमा आयोजित कार्यक्रममा संघका अध्यक्ष शिब कोईराला (ज्वाला) ले स्वागत गरेका हुन् ।
सो अवसरमा संघले ४० बर्षदेखि तेक्वान्दोमा सक्रिय भूमिका निभाउँदै आएका प्रशिक्षक गौतम महर्जनलाई भित्र्याएको छ । त्यस्तै नेपाल योङ मुदो संघका मुख्य प्रशिक्षक तथा तेक्वान्दो प्रशिक्षक अच्युत खड्का, भरत मगर र प्रेमकृष्ण श्रेष्ठ पनि राष्ट्रिय तेक्वान्दो संघमा भित्रिएका छन् ।
उक्त स्वागत कार्यक्रममा संघका अध्यक्ष शिव कोईरालाले आफुहरु दोवाटोमा भेट भएको स्मरण गराउँदै अव समग्र तेक्वान्दोको विकासमा लाग्नुपर्ने धारणा राखेका थिए । यतिबेला तेक्वान्दो विकृति र विसंगगितमा गाँजिएको चर्चा गर्दै त्यसको लागि सामुहिक लडाई लड्नु पर्ने बेला बताएका थिए ।
त्यस्तै एसियाड खेलकुदको छनोट प्रतियोगिता हुने बताउँदै त्यसको लागि नीतिहरुमा फेरवदल गर्न आवश्यक भएको बताए । त्यसको लागि संघले अथक प्रयास गरिरहेको र जस्तोसुकै लडाई लड्नु परेपनि तयार भएको प्रस्ट पारेका थिए । हामी एसियाडमा असफल भएका छैनौं, प्रयास जारी त्यसको परिणाम केहि समयपछि आउने ज्वालाले बताए ।
यतिबेला राष्ट्रिय तेक्वान्दो संघ यात्रामा छ । यात्रा सहज छैन, कठिन छ, यो कुरा सवैलाई थाहा छ तर त्यो पनि पार गर्ने यात्रामा हामी छौं । हाम्रो यात्रा तेक्वान्दोको विकास र विस्तार भएको पनि सो अवसरमा प्रष्ट पारेका थिए ।
उक्त स्वागत कार्यक्रममा तेक्वान्दो प्रशिक्षक चुलाई मुखियालाई संघको केन्द्रीय सदस्यमा नियुक्ति गरिएको थियो । सो अवसरमा तेक्वान्दोका वरिष्ठ प्रशिक्षक तथा उपाध्यक्ष ध्रुव गुरुङ, महासचिव राजकुमार कार्की लगायत तेक्वान्दो प्रशिक्षक र खेलाडीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया