चौथो अन्तर्राष्ट्रिय कराते नेपालमा आयोजना हुँदै

चौथो अन्तर्राष्ट्रिय कराते नेपालमा आयोजना हुँदै


सामाखुशी कराते डोजोको आयोजनामा चौंथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता बैशाख २८ र २९ गते काठमाडौंमा हुनेछ ।

सितोरियो करातेको विकास विस्तार, प्रतिभाशाली खेलाडीहरुको उत्पादन र अन्तर्राष्ट्रिय भाइचाराको अभिबृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना लागेको आयोजक समितिले बताएको छ ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान र भुटानका खेलाडीहरु सहभागी रहने छ । उक्त प्रतियोगितामा नेपालका ३५०, भारतका ३००, श्रीलंकाका २०, बंगलादेशका १५, पाकिस्तानका १० र भुटानबाट १० खेलाडी गरि ७०५ जनाले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा अफिसियल कराते तर्फ २२ इभेन्ट र काता तर्फ ४ इभेन्ट हुनेछ । कुल २६ सुवर्णका लागि खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उद्घाटन नेपाल सितोरियो कराते संघ तथा नेपाल कराते महासंघका अध्यक्ष एवम् बरिष्ठ प्रशिक्षक श्री दावा गुरुङ्ग गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता लैनचैरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।