आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बीएण्डबी अस्पताल प्रा.लि. बीच आफ्ना ग्राहकलाई नगदरहित हस्पिटलाईजेशन (Cash Less Hospitalization) सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरूलाई बीमालेखको सीमासम्म बीएण्डबी अस्पताल प्रा.लि.बाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुने र ग्राहकको स्वास्थसेवामा सहज पहुँचलाई सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
आइएमई इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारीलगायत सम्पूर्ण ग्राहक महानुभावहरुसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
बताइएअनुसार सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बीएण्डबी अस्पताल प्रा.लि.का तर्फबाट उपनिर्देशक डा. निरज लाल बैद्यले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया