नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतीमा सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुनसरीको ईटहरीमा सुरु भएको छ ।
ईटहरी ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पानसमा द्विप प्रज्वलन गरि प्रतियोगिताको उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव बिष्टले १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले ब्याडमिन्टनबाट स्वर्ण पदक प्राप्त गर्नु पर्नेमा जोड दिए । ‘१३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले ब्याडमिन्टनबाट स्वर्ण प्राप्त गर्नु पर्छ, तयारी गर्नुस नेपाल सरकार र परिषद् त्यसको लागि जे गर्न पनि तयार छ’– बिष्टले बताए । उनले अब अर्को बर्ष काठमाण्डौमा ब्याडमिन्टनको आफ्नै हल हुने र एकेडेमी संचालन हुने बताए । कार्यक्रममा सदस्य सचिव बिष्टलाई मायाको चिनो प्रदान गरिएको थियो ।
खेलकुद महासंघ आवद्ध राष्ट्रिय ब्याडमिन्टन संघकोे आयोजनामा भएको प्रतियोगितामा पुरुष एकलमा २८ र महिला एकलमा १८ खेलाडीहरुको सहभागिता रहेको छ । यसतै पुरुष जोडी तर्फ २७, महिला जोडी तर्फ ११, पुरुष यु १९ मा १७ र महिला यु १९ मा १३ तथा भेट्रान्स तर्फ २७ जोडीले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया