बीबीए कप क्रिकेट आइतबार

बीबीए कप क्रिकेट आइतबार


राष्ट्रव्यापी बीबीए टी–२० क्रिकेट प्रतियोगिता आइतबारदेखि हुने भएको छ । साविक विजेताले प्रतियोगिता आयोजना गर्ने प्रावधान अनुरुप युनिभर्सल कलेजले प्रतियोगिता गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मुलपानीमा हुने प्रतियोगितामा उपत्यकाबाट १५ र मोफसलबाट ३ गरी १८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । ‘म्यान अफ द सिरिज’ लाई १० हजार तथा उत्कृष्ट व्याट्सम्यान र बलरलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘म्यान अफ म्याच’ लाई गिफ्ट ह्याम्प दिइने छ ।