इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुद प्रतियोगितका लागि कुस्ती खेलाडी छनोट भएका छन् । हालै सम्पन्न छनोट प्रतियोगितावाट ३ पुरुष खेलाडी एसियाली खेलकुदको लागि छनोट भएको राष्ट्रिय खेलकुद परिषद्की सदस्य एवं छनोट समितिकी संयोजक शान्ति सिंहले जानकारी गराएकि छिन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतिस्पर्धाबाट ५७ केजीमा नेपाल प्रहरी भागवत शाह, ६५ केजीमा पर्साका सरोज यादव र ७४ केजीमा कञ्चनपुरका सुरेश चुनारा छनोट भएका थिए ।
प्रतिक्रिया