जनकपुरमा मोदीलाई एकसय २१ किलोको माला पहिर्‍याइने

जनकपुरमा मोदीलाई एकसय २१ किलोको माला पहिर्‍याइने


नेपाल भ्रमणका लागि आज जनकपुर आउने तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई १२१ किलोको माला पहिर्‍याइने भएको छ । बारहबिघामा आयोजित नागरिक अभिनन्दनमा मोदीलाई १ सय २१ किलोको माला पहिर्‍याइने भएको हो ।

प्रदेश सरकारको तर्फबाट उनलाई यति ठूलो मालाले स्वागत गर्दा प्रदेशका मन्त्री तथा राज्यमन्त्रीहरु सहभागि हुनेछन् । अभिनन्दन समारोहमा सबैजसो जिल्लाहरुकाट मानिसहरु आउने जनपरिचालन समितिका संयोजक शैलेन्ऽप्रसाद साहले बताए ।
जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको दुईवटा कार्यक्रम हुने भएको छ । जानकी मन्दिरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई स्वागत गरेपछि सागै विशेष पुजापाठ गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।