मुक्तिनाथको दर्शनका लागि भारतीय प्रधानमन्त्री मोदी मुस्ताङ प्रस्थान

मुक्तिनाथको दर्शनका लागि भारतीय प्रधानमन्त्री मोदी मुस्ताङ प्रस्थान


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ प्रस्थान गरेका छन् । नेपालको २ दिने राजकीय भ्रमणमा रहेका मोदी मुक्तिनाथको दर्शन तथा पूजा–अर्चनाका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कार्यक्रम तालिका अनुसार मोदीले त्यहाँ केहीबेर पूजा गर्ने र लगत्तै काठमाडौं फर्किने बुझिएको छ । यसका साथै उनी काठमाडौं आएपछि पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ ।

मोदी आउने भएपछि मुस्ताङको सुरक्षा व्यवस्था कडा पारिएको छ ।