टोलटोलमा खानेपानीका धारा आएपछि स्थानीयमा खुसीयाली

टोलटोलमा खानेपानीका धारा आएपछि स्थानीयमा खुसीयाली


पुस्तौँदेखि एक गाग्री पानीका लागि एक घण्टाको समय लगाएर खानेपानीको दुःख भोग्दै आएका दोपहरे र बयलीका बासिन्दा यतिखेर घरघरमा धारा आउने भएपछि हर्षित भएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका–२१ मा पर्ने सो स्थानमा दुई करोड ८० लाखको लागतमा चाँचल थामकोडाँडा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएपछि स्थानीय बासिन्दाका मुहारमा खुशीयाली छाएको हो ।

नेपाल सरकार, क्षेत्रीय खानेपानी अनुगमन कार्यालयको ९० र स्थानीय उपभोक्ताको १० प्रतिशत लगानीमा सो खानेपानी योजना सम्पन्न भएको चाचल थामकोडाँडा लिफ्टिङ खानेपानी आयोजनाका सदस्य कमल भुजेलले जानकारी दिए । उनका अनुसार बस्तीको तल्लो भागस्थित चाँचल र कालामुडाबाट छुट्टाछुट्टै दुई मूलबाट लगभग तीन किलोमिटरको दूरीदेखि लिफ्टिङमार्पmत थामडाँडामा संकलन गरिएको खानेपानी दुई इञ्चीको पोलिथिन पाइपबाट टोलटोलमा एक एक धारा पु¥याइएको छ ।

राससका अनुसार थापडाँडामा आएको पानी सीधै पाइपमा जडान गरी दुवै गाउँका २२३ घरधुरीमा एक घर एक धाराको जडान गर्ने अभियान रहेको छ । अर्थाभावका कारण पानी संकलन ट्यांकी निर्माणमा ढिलाइ भएकाले दुवै गाउँका १० टोलमा १० धारा जडान गरी अस्थायी रुपमा उपभोक्तालाई खानेपानीको सुविधा पु¥याइएको उनले बताए ।