अमेरिकाबाट रञ्जनाको जवाफ

अमेरिकाबाट रञ्जनाको जवाफ


funtime—‘अब आफ्नो घरजम गर्नुस्’
टेलिचलचित्रबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् रञ्जना शर्मा । टेलिफिल्म खेल्दै निर्देशक श्याम भट्टराईसँग विवाह गर्न पुगेकी रञ्जना र श्यामबीच समय–समयमा तनाव पनि नआएको होइन । मिडियामा यी दुईबीचको सम्बन्धले रामै्र स्थान पनि पाइरह्यो । यसैबीच कहिले सम्बन्धविच्छेद त कहिले पुनर्मिलनजस्ता प्रसङ्ग आइरहेकै परिस्थितिमा रञ्जना एक्कासि अमेरिका पुगिन् । अमेरिकामा पुगेकी रञ्जनाले उतै घरजम गरेको समाचार मिडियामा आएपछि नेपालमा रहेका उनका पति श्याम विक्षिप्त हुन पुगे । यतिसम्म कि फेसबुकको पे्रmन्डलिस्टबाट समेत रञ्जनाले आफूलाई हटाएकोमा श्यामको चित्त दुखेको छ । तर, उता अमेरिकामा रहेकी रञ्जनालाई भने यो कुराले कुनै पनि फरक परेको छैन । यसैबीच अमेरिकामा रहेकी रञ्जनासँगको यो साता फेसबुकमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
० कस्तो चलिरहेको छ अमेरिकी जीवन ?
– राम्रो छ, खुसी छु, सुखी छु ।
० नेपाल कहिले आउने ?
– अहिले होइन, केही समयपछि आउँछु ।
० नेपालमा रहेका आफ्ना पति श्याम भट्टराईको के छ नि ?
– धेरै भयो कुरा भएको छैन ।
० के अब छोडेको हो त ?
– त्यसै भन्नुप¥यो ।
० किन छोडेको नि ?
– विभिन्न कारण छन् ।
० रञ्जनाले अमेरिकामा विवाह गर्न लागेको कुरा के हो ?
– यसको वास्तविकता अब चाँडै खुल्नेछ ।
० श्यामजीलाई के छ सन्देश ?
– अब आफ्नो घरजम गर्नुस् ।

नौ बजे के होला त ?
सिनेमाहरू नचलेर निर्माताहरूको बाह्र बजिरहेको अवस्थामा एउटा गजवको नाम भएको सिनेमा यतिबेला प्रदर्शनका लागि तयार भएको छ । सिनेमाको नाम हो ‘नाइन ओ क्लक’ ।
नौ बजे के हुन्छ ? कसले कसलाई के गर्छ वा यसको नाम ‘नाइज ओ क्लक’ नै किन राखियो ? भन्नेबारे भने यसका निर्माता रमेश संवेदनाले केही पनि बोल्न चाहेनन् न त निर्देशक बाबुराम ढकाल नै केही भन्न चाहन्छन् । उनीहरूको जवाफ छ, ‘जसरी सिनेमाको नाममा कुतूहल र चासो छ, त्यसैगरी हाम्रो सिनेमाको कथा र विषय पनि त्यस्तै चासो लाग्दो छ ।’
नायिका सुम्निमा घिमिरेलाई निकै मदहोस् र ग्ल्यामर्स भूमिकामा प्रस्तुत गरिएको छ यो चलचित्रमा । उनलाई पनि सोधियो, ‘९ बजे के गरिएको छ त ?’ उनले पनि पूरा जवाफ नै दिइनन् । ‘यी कुरा त चलचित्र हेरेपछि नै थाहा हुन्छ नि । अहिले नै नभनौँ । किनकि सिनेमाको गुदी र रहस्य भनेकै त्यही हो ।’
चलचित्र ‘नाइन ओ क्लक’का सबै कलाकार र प्राविधिक यतिबेला यो चलचित्रप्रति ज्यादै वफादार देखिएका छन् । यति मात्र होइन, यसै सिनेमाका नायक धु्रव दत्त पनि यो सिनेमालाई विभिन्न देशमा रहेका नेपालीमाझ पु¥याउन बेलायतबाटै बजार व्यवस्थापन गरिरहेका छन् । सिनेमा खेल्नका लागि मात्र बेलायतबाट नेपाल आएका उनी अहिले बेलायत पुगिसकेका छन् ।
उनकै पहलमा यो चलचित्र मार्च १५, १६ र १७ मा बेलायतमा रिलिज हुने भएको छ भने मार्च २४ मा ‘नाइन ओ क्लक’ हङकङमा रहेका नेपालीमाझ प्रदर्शन हुने भएको छ । यसरी विदेशमा रहेका नेपालीले ‘नाइन ओ क्लक’बारे जानकारी पाएपछि नेपालमा भने यो चलचित्र चैत १६ गतेदेखि प्रदर्शनमा आउनेछ । निकै रहस्यमयी तरिकाले ‘नाइन ओ क्लक’लाई दर्शकमाझ ल्याउन यतिबेला दत्तचित्त भएर लागेको यो चलचित्रको युनिटको चाहिँ बाह्र नबजोस्, अहिले हामी यति मात्र भन्न सक्छौँ ।

काम थोरै नाम धेरै
नेपाली कलाकारिता क्षेत्रमा काम होइन नाम र हल्ला चाहन्छन्, अनि सस्तो चर्चाको पछि लाग्नेहरूको जमात ठूलो छ । कलाकारिता क्षेत्रमा दिलोज्यानले लाग्ने होइन कि रहर पूरा गर्न खोज्नेको सङ्ख्या बढी भएकाले चलचित्र क्षेत्रमा त्यति बुझेका र मनन गर्ने व्यक्तिको प्रवेश सकारात्मक रूपमा देखिएको छैन । एउटा वा दुईवटा फिल्म खेल्नासाथ आफूलाई अनुभवी ठान्ने अनि ठूला कुरा गर्ने मात्र होइन कि नाम नै फापेन भनेर नाम नै परिवर्तन गर्ने त लहर नै चलेको छ । आफ्नो कामको मूल्याङ्कन कसरी भइरहेको छ ? आफ्नोबारेमा के–के
भन्छन् ? भन्ने चासो उनीहरूलाई छैन, फिल्मैपिच्छे नाम फेर्नमा नै व्यस्त छन् उनीहरू ।
कामभन्दा नामको पछि लाग्ने र कामबाट होइन कि नाम फेर्दैमा फुर्सद नभएकी एउटी नवोदित नायिका हुन् दीपशिखा शाही । सिनेमा क्षेत्रमा प्रवेश गर्दा उनी थिइन् दीपशिखा । यसो फाट्टफुट्ट फिल्महरू पनि पाइन् उनले । बिस्तारै काम पाइराख्दा उनको चर्चा पनि राम्रै थियो । कसले के भनिदियो खै उनलाई नाम फेर्ने रोगले छोइहालेछ । त्यसपछि उनले नाम फेरिन् शिखा शाही ।
चलचित्रमा काम गर्दा शिखा भएकी उनलाई त्यही चलचित्रको रिलिजमा नाम बोलाउँदा दर्शक शाही भनेर सम्बोधन गर्दा सबै तिनछक्क परेका थिए । एक महिनामा नै नाम तीनपटक फेर्ने यिनले हरेक सिनेमामा गरेको काम भने उस्तै र एकेखाले छन् । ‘नाम मात्र फेर्नुभन्दा अभिनय शैलीमा परिवर्तन ल्याए पो राम्रो हुन्थ्यो,’ यसो भन्दै गाइँगुइँ चल्दै थियो त्यहाँ ।
फिल्मपिच्छे नाम फेरे तापनि यिनको कुनै पनि चलचित्र सफल भने हुन सकिरहेका छैनन् । एकै दिन गत हप्ता यिनले काम गरेका मानव र रंग नामक दुईवटा चलचित्र रिलिज भए तर दुवै चलचित्रले दर्शकमा रंग ल्याउन सकेन । यता आफ्ना चलचित्र एकपछि अर्कै असफल भइरहेका छन्, त्यसको यिनलाई चिन्ता छैन, यता नाम फेर्दैमा भने यिनी दङ्ग छिन् ।
यसरी एकपछि अर्को सिनेमा असफल हुँदै जान थालेपछि भोलि कामबाटै वञ्चित हुनुप¥यो भने जति नाम फेरे पनि के अर्थ ? कि कसो दीपशिखा, शिखा अनि दर्शनजी ?