चितवनको भाटभटेनीमा बम विस्फोट

चितवनको भाटभटेनीमा बम विस्फोट


चितवनको भरतपुर ओरालोनजिकै रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने एक जनाको पहिचान भएको र खोजी जारी रहेको बताए । मोटसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको उनले बताए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा आयोजित बन्दको चर्चाले आज चितवनमा फाट्टफुट्ट मात्रै सवारी चलेको छ ।