प्रधानमन्त्री, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच भेटवार्ता


सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार (२ जेठ) प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच अवरुद्ध संसद् खुलाउनेलगायतका विषयमा छलफल भएको हो ।

बताइएअनुसार भेटका क्रममा आफूविरुद्ध सदनमा कुरा उठेपछि संसदमा बोल्न पाउनुपर्ने प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसमक्ष उपप्रधानमन्त्री लामिछानेले आफूले संसदमा बोल्न पाउनुपर्ने भन्दै कुरा राखेका थिए ।

‘ममाथि प्रश्न उठिसकेपछि मैले सदनमा बोल्न पाउनुपर्छ, त्यसपछि यदि जवाफ चित्त बुझेन भने उहाँहरू (कांग्रेस)को अधिकार प्रयोग गर्न सक्नुहुन्छ, त्यो अधिकार त छँदैछ, त्यसपछि विरोध गर्ने उहाँहरूको अधिकारको सम्मान गर्छु’, उपप्रधानमन्त्री लामिछानेले भनेका छन् ।