नेपाली लेग स्पिनर सन्दिप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको डेब्यु खेलमै विकेट लिएका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सलाई दोस्रो सफलता दिलाउने क्रममा रोयल च्यालेन्जर्स बैंङलोरका पार्थिव पटेललाई एलबी डब्लु धरापमा पारेका हुन् ।
सन्दिपले ४ ओभरमा २५ रन दिएर एक विकेट लिएका छन् । इनिङ पहिलो ओभर लिएरै मैदानमा उत्रिएका सन्दिपले दोस्रो ओभरमा दिल्लीलाई सफलता दिलाए । उनले दुई चौका र एक छक्का मात्र खाएका छन् ।
सन्दीपलाई दिल्लीले २० लाख भारुमा खरिद गरेको थियो । ११ खेल सम्म बेन्चमा बसेका सन्दीपले आज पहिलो पटक खेल्न पाएका हुन् । चितवन घर भएका सन्दीप पहिलो पटक आईपीएल खेल्ने नेपाली खेलाडीको इतिहास रचेका छन् ।
प्रतिक्रिया