राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा प्रधानमन्त्री कप अन्तरप्रदेश एक दिवसीय क्रिकेट प्रतियोगिता जेठ १३ गतेदेखि हुने भएको छ ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफगरी १० पुरुष टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।
विजेताले २० लाख र उपविजेताले १० लाख नगद पुरस्कार पाउने छन् । ‘म्यान अफ सिरिज’ लाई १ लाख, उत्कृष्ट व्याट्सम्यान र बलरलाई समान ५०–५० हजार, उदीयमान खेलाडीलाई १५ हजार तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल जेठ २८ गते हुनेछ ।
प्रतिक्रिया