जेठ महिनाभित्र प्रदेशको स्थायी राजधानी र नामाकरण : मुख्यमन्त्री राई

जेठ महिनाभित्र प्रदेशको स्थायी राजधानी र नामाकरण : मुख्यमन्त्री राई


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र यसको नाम आगामी जेठ महिनाभित्रै सहमतिमै कायम हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नं १ निर्वाचन समितिद्वारा आयोजित प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै उनले सोको बारेमा जानकारी गराएका हुन् ।

मुख्यमन्त्री राईले अनलाइन र सामाजिक सञ्जाललाई व्यवस्थित गर्न महासंघको भूमिका आवश्यक रहेको भन्दै प्रेस स्वतन्त्रतालाई कुनै पनि किसिमको अंकुश नलगाउने कुरामा जोड दिए ।

उनले समाजलाई नकारात्मक असर पर्ने कुनै पनि किसिमको प्रायोजित समाचार वा सूचना सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गर्दै सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक दिलाउन आफ्नो भूमिका सकारात्मक रहने बताए ।