हिलभ्यू हाउजिङ्गका बाढीपीडितले गरे सरकारसँग गुनासो

हिलभ्यू हाउजिङ्गका बाढीपीडितले गरे सरकारसँग गुनासो


गत असोज ११ र १२ गते आएको बाढीका कारण ललितपुरको महालक्ष्मी नगरपालिका-२ बालकुमारीस्थित हिलभ्यू हाउजिङ्गमा रहेका सबै घरका भुइँमा बाढी पसेर ७२ घरपरिवारका बालबच्चा वृद्धवृद्धासमेत गरी करिव चार सय जना पूर्णरुपमा बाढीको चपेटामा परेका थिए । घरभित्र हिलो पानी पसेर लत्ताकपडालगायत गाडी, मोटरसाइकल, स्कुटर, घरायसी सरसानमाथि पूर्ण रुपमा क्षति पुऱ्याइ करिब २० करोड बराबरको क्षति भई सो स्थानमा बस्न नसक्ने अवस्था पैदा भएको पीडित पक्षको भनाइ छ । तर, यसरी नागरिक पीडित हुँदा पनि सरोकारवाला सरकारी निकायले बेवास्ता गरेको भन्दै हिलभ्यू हाउजिङ्ग कम्पनीले गुनासो गरेको छ ।

सो हाउजिङ्ग परिवारका तर्फबाट विज्ञप्ति जारी गर्दै हिलभ्यू हाउजिङ्गका अध्यक्षले तुरुन्त समस्याको दिर्घकालिन समाधान गरिदिनको लागि सरकारसँग माग गरेका छन् ।

यस्तो छ हिलभ्यू हाउजिङ्गका अध्यक्षद्वारा जारी प्रेस विज्ञप्ति-