आजदेखि ५ नं प्रदेशको दोस्रो अधिवेशन शुरु

आजदेखि ५ नं प्रदेशको दोस्रो अधिवेशन शुरु


आजदेखि ५ नं प्रदेशको दोस्रो अधिवेशन शुरु हुने भएको छ । अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिव मानबहादुर विकका अनुसार वैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी विधेयक पेश हुने कार्यसूची छ ।

आजको बैठकमा आर्थिक वर्ष २०७५-७६ का लागि तयार गर्न विनियोजन विधेयक २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिका प्रस्तावहरु पेश गर्ने सचिव विकले बताए ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्ताव पेश गर्ने कार्यक्रम तय भएको हो ।