पर्यटन प्रवर्द्धनार्थ शनिबार ठमेलमा एकदिने हस्तकला मेला हुने

पर्यटन प्रवर्द्धनार्थ शनिबार ठमेलमा एकदिने हस्तकला मेला हुने


काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले खाना तथा हस्तकला मेला हुने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौं महानगरपालिका-२६ स्थित सञ्चयकोष भवनअगाडि त्रिदेवी मार्गमा शनिबार (५ जेठ) खाना तथा हस्तकला मेला आयोजना हुन लागेको हो ।

परिषद्का महासचिव राजीव पाण्डेले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिए । मेला बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।

मेलामा हस्तकलाका सामग्री, तयारी पोशाक सिल्क, पश्मिन, गरगहनालगायत उत्पादनका ३० प्रदर्शनीकक्ष रहने छन् । मेलामा सांस्कृतिक कार्यक्रम पनि हुने जनाइएको छ ।